२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चन्द्रागिरि जीप दुर्घट्नमा काठमाडौं मैतिदेवीका एकै परिवारका ५ जनाको मृत्यु


प्रकाशित: शनिवार, २८ पुस २०८०, २०ः१४ बजे
- महानगरखबर

काठमाडौँ । शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरामा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।


प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौँ–३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ काठमाडौँ–२ का डा. महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र चार वर्षीय प्रियन्सको मृत्यु भएको हो । 


काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३–०१–२३ च ६९८५ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको थियो । 


दिउँसो करिब १ः५५ बजे भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने स्मारिकाको बयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । 


दुर्घटनामा स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । 


मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex