२० बैशाख २०८१, बिहिबार
Header

चन्द्रलोक प्रतिष्ठानद्धारा ३० जना महिला सम्मानित


प्रकाशित: शनिवार, २६ फागुन २०८०, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा समाजमा योगदान पुराएकी ३० जना महिलाहरुलाई सम्मान गरेको छ । 


प्रष्ठिानले प्रतिनिधिसाभाकी उपप्रमुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा आयोजित सो सम्मान कार्यक्रममा उक्त महिलाहरुलाई विशेष सम्मान गरेको हो ।

 
सो अवसरमा  उपसभामुख रानामगरले गोरखापत्रका संस्थानबाट प्रकाशित मुना मासिकका सह –सम्पादक लक्ष्मी खतिवडा, नेतृ जयन्ती राई, रन्जु झा र गोकणेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामालगायतका छन् । 


उपसभामुख इन्दिरा रानामगरले प्रतिष्ठानले देशैभरी विभिन्न क्षेत्रमा काम गरिरहेका महिलालाई सम्मान गरेर हौसला प्रदान गरेकोमा खुसी व्यक्त गरिन ।

 
कार्यक्रमा नेकपा (एकिकृत समाजवादी) वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा लैङ्गिक समानताका लागि थुप्रै ऐन, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आयोगको समेत व्यवस्था बताए । 


नेता खनलाले साहाना प्रधान, मङ्गलादेवी सिंहलगायतका थुप्रै अग्रज महिला नेतृले नेपाली समाजमा महिलाको राजनीतिक, आर्थिक र सामाजिक सशक्तिकरणका लागि उठाएको आवाजको परिणामले समाजमा निक्कै परिवर्तन आएको धारणा व्यक्त गरेका थिए ।   
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD