काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सहितको टोलीले पुराना जनप्रतिनिधि चन्दानन्द नेवाः लाई सम्मान गरेको छ ।
नेवाःलाई २६ औं महानगर दिवसको अवसरमा ‘स्व. जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’बाट सम्मान गरिएको हो । दिवसमा स्वास्थ्य अवस्था प्रतिकुल भएको कारण उपस्थ्तिी हुन नसकेको उनलाई घरमै सम्मान गरिएको हो ।
प्रमुख शाक्यले म्हेपिस्थित निर्मल लामा मार्गमा रहेको चन्दानन्द नेवाःको निवास पुगेर एक लाख रुपैयाँको चेकसहितको पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।
८८ बर्षका नेवाःले आफ्नो ऊर्जाशील उमेरको ४० वर्ष जनप्रतिनिधिको हैसियतमा सेवा गरेका थिए । सो अवसरमा प्रमुख शाक्यले नेवाःलाई गुरु र अविभावकको संज्ञा दिएका थिए ।
प्रमुख शाक्यसँगै प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष हुच्छेकाजी महर्जन नेवाको घर पुगेका थिए ।
Categorized in समाज