काठमाडौं । बाहिरी चक्रपथ सडक विस्तारको क्रममा रुख काटिने भएपछि विरोध भएको छ ।
स्वतःफूर्तरुपमा निस्केका प्रदर्शनकारीहरुले विहिवार हरित लेन बनाउन माग गर्दै सितापाईला, छाउनी क्षेत्रमा प्रदर्शन गरेको हो ।
उनीहरुले चक्रपथको कलंकी महाराजगञ्ज सडकखण्ड विस्तार गर्दा दायाँबायाँका २५०० रुख काट्न लागिएको भन्दै विरोध जनाएको हो ।
प्रदर्शनमा सहभागीहरुले विकास जनकेन्द्रित हुनुपर्ने, रुख नष्ट गर्न नहुने लगायतका माग राखी प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरुले हरित लेन सुनिश्चित गर, इआईए रिपोर्ट सार्वजनिक गर, सडकमा समाजवाद, आठ लेनको रिङ रोड डिजाईन खोई लगायतका प्लेकार्ड बोकी प्रदर्शनमा उत्रेका थिए ।
संघीय सडक सुपरीवेक्षण अनुगमन कार्यालयले सडक विस्तारमा अवरोध गर्ने सबै रुख काटिने जनाएको छ ।
चिनियाँ कम्पनीकोले सो सडक विस्तारको जिम्मा पाएको छ ।
Categorized in समाज