१२ बैशाख २०८१, बुधबार
Header

चक्कु प्रहार गरी पेरिसमा चार प्रहरीको हत्या


प्रकाशित: शुक्रवार, १७ असोज २०७६, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी मुख्यालयमा एक व्यक्तिले चक्कु प्रहार गरी चार प्रहरीको हत्या गरेको छ । 


प्रहरी अधिकारीका अनुसार आक्रमणकारी व्यक्ति मुख्यालयकै कर्मचारी रहेको बताइए पनि पहिचान खुलाएको छैन ।

 
आक्रमणकारी पनि प्रहरी आक्रमणमा मरेका छन ।


फ्रान्सका मिडियाका जासुसी विभागमा काम गर्ने ती व्यक्ति २० बर्षदेखि त्यहाँ कार्यरत रहेको थियो । घटनापछि सेन्ट्रल पेरिसस्थित इला डी ला क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ ।


फ्रान्सेली सञ्चारमाध्यमका अनुसार मर्नेहरुमा तीन पुरुष र एक महिला प्रहरीको रहेका छन भने एक व्यक्ति घाइते पनि छन ।


आक्रमणपछि राष्ट्रपति इमानुयल म्याक्रो, प्रधानमन्त्री एडवर्ड फिलिप र गृहमन्त्री क्रिष्टोफर केस्टानेरले घटनास्थलको निरीक्षण गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD