४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चःमतिमा जेष्ठ नागरिक पार्कको निर्माण आरम्भ


प्रकाशित: शनिवार, ४ फागुन २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यद्धारा चःमतिमा जेष्ठ नागरिक पार्कको शिलान्यास गरेका छन ।


महानगरपालिका वडा १५ स्थित चःमती जग्गा एकीकरण आयोजना आइ ब्लोक को खुल्लाक्षेत्रमा महानगारको लगानिमा जेष्ठ नागरिक पार्कक निर्माणकार्य को प्रारम्भ संयुक्त रूपमा  गरिएको हो । 


शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गर्दै समयमै सो निर्माण कार्य पूरा गर्न सम्बन्धी निकायलाई निर्देशन दिए । 


पार्क निर्माणको लागि काठमाडौं महानगरपालिकाको ४५ लाख, चःमति जग्गा एकीकरण आयोजनाको १५ लाख र स्थानीयबासीको ८ लाख गरी ६८ लाखमा सो पार्क निर्माण गर्न लागिएको हो । 


२ रोपनी जग्गामा सो पार्क निर्माण गर्न लागिएको शिलान्यस कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठ, काठमाण्डौ  काठमाण्डौ महानगरपालिकाका प्रवक्ता एंव १५ वडा अध्यक्ष ईश्वरमान डंगोल, योजना प्रमुख ,बाताबरण बिभाग प्रामुख, वडा सदस्यहरु, चःमती नेवाः खलः का अध्यक्ष पूर्णकाजी ज्यापु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो । 
 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex