काठमाडौं । घुस लिएर भन्सारको समान छुटाईदिने भन्ने प्रहरी हवल्दार पक्राउ परेको छ ।
सर्लाहीको प्रहरी हवल्दार नरुल अन्सारी पक्राउ परेका हुन । उनले भन्सारको सामान छुटाइदिने भन्दै ३० हजार घुस लिएको अवस्थामा उनी पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत उनले भारतसँगको सीमा बजारबाट सामान ल्याउन बतावारण बनाउन घुस लिएको अवस्थामा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार उनलाई मलंगवा नगरपालिका १० स्थित टावरचोकबाट उनलाई आयोगको बर्दियास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
Categorized in समाज