काठमाडौं । अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले मनहरा खोलामा बालुवा निकाल्न ठेकेदारसँग पैसा असुली गरेको आरोपमा ९ प्रहरी समातिएपछि कोटेश्वर र काँडाघारीका प्रहरी प्रमुख परिवर्तन भएको छ ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीका अनुसार कोटेश्वर प्रहरी प्रभागको नेतृत्व प्रहरी निरीक्षकमा एलिजा गिरी र काँडाघारी प्रभागको प्रमुखमा निरिक्षक सुधिर राईलाई ल्याएको छ ।
Categorized in समाज