४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

घरेलुका प्रमुख प्रशिक्षकसहित २ जना पक्राउ


प्रकाशित: बुधवार, १८ पुष २०७५, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । अख्तियार दुरुपयोग आयोग आयोगको टोलीले घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुखसहित २ जनालाई पक्राउ गरेको छ । 


आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग प्रमुख प्रशिक्षक सरिफा पन्त र सोही कार्यलयमा विचौलियाको काम गर्ने खगेन्द्रलाई पाँच हजार घुस रकम सहित पक्राउ गरेको हो ।

 
उनीहरुले सेवाग्राहीबाट घुस लिईरहेको अवस्थामा पक्राउ गरेको अयोगले जनाएको छ । 


उनीहरूले घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भन्दै सेवाग्राहीबाट घुस लिएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex