४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

घरले च्यापिएर एकै घरका पाँचको मृत्यु


प्रकाशित: बुधबार, १३ भाद्र २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । सल्यानको बागचौर नगरपालिका वडा नं. ४ स्थित गए राती घर भत्किँदा एकै परिवारको पाँचको च्यापिएर मृत्यु भएको छ । 


मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उहाँकी ३५ वर्षीया श्रीमती रामकला कामी, उहाँकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । 


रामसिंहको एकतले घरको दलिन र पर्खाल भत्किएपछि च्यापिएर पाँचको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 


स्थानीयको खवर पाएपछि प्रहरीटोली उद्धारमा खटेका थिए । 


घटनामा परेकी मृतककी ११ वर्षीय छोरी सुनिता कामीलाई जीवितै उद्धार गरिएको छ । अहिले सुनिताको अवस्था सामान्य रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex