१६ बैशाख २०८१, आइतबार
Header

घरभित्र खाल्डो खनि लुकाई राखेको १८ केजी सुनसहित एक पक्राउ


प्रकाशित: विहिवार, २ फागुन २०७५, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले कञ्चनपुरको पुर्नवासबाट एक घरभित्र खाल्डो खनी लुकाई राखेको १८ केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ ।


विहिवार दिउँसो पुर्नवास नगरपालिका वडा नं. २ निवासी शंकर विकको घरबाट सो परिणामको सुन भेटिएको प्रहरीले जनाएको छ । 


विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको संयुक्त टोलीले शंकरको घरमा तलासी गर्दा उक्त सुन भेटिएको हो । 


प्रहरीका अनुसार हाल शंकर फरार रहेको छ । प्रहरीले पक्राउ परेका नाम भने सार्वजनिक गरेको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD