५ माघ २०७७, सोमबार
nps

घरभाडा छुट स्थानीय तहले अनुगमन गर्ने


प्रकाशित: विहिवार, १८ चैत्र २०७७, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले चैत्र महिनाको घर भाडा छुट भए – नभएको स्थानीय तहले अनुगमन गराउने निर्णय गरेको छ ।


मन्त्रिपरिषद्को बैठकले स्थानीय तहलाई अनुगमनको जिम्मा दिएको हो । यस अघि १४ बैशाखमा चैत महिनाको घर भाडा मिनाहा गर्न घरबेटीलाई आग्रह गरिएको थियो ।


असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न आग्रह गरेकोमा त्यसको कार्यान्वयन भए–नभएको अनुगमन स्थानीय तहबाट गर्ने निर्णय गरेको हो । 


रोजगारीका कारण रोजगारी वा काम गुमाएका असंगठित बाहेकका अन्य श्रमिकसँग लकडाउन अवधिभर घरभाडा माग नगर्ने र निजहरुले आम्दानी गरेपश्चात घरबहाल रकम भुक्तानी गर्न पाउने सुविधा प्रदान गर्ने निर्णय समेत गरेको छ ।


सरकारले यस अघि घरभाडा छुट गरेका घर मालिकलाई सो महिनाको घरबाहल कर र त्यसबाट हुने आय कर छुट गर्ने निर्णय गरिसकेको छ ।
 

jibanshaili
nepal sambat bhairam


kmc AD
nuoo dan
chunikhel ad
naya
maa dakshinkali
D R Shushil
bijay card
maharjan complex