२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

घण्टाघर– गणेशस्थान–कमलादीमोेड सडक दुुई तर्फी चल्ने


प्रकाशित: सोमवार, २८ साउन २०८१, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । घण्टाघर–गणेशस्थान– कमलादी सडक दुुई तर्फी (टुु–वे) हुने भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ । 


दरवारमार्ग–काठमाडौैं प्लाजा मोड सडक खण्ड केही समय तथा परेको अत्याधिक बर्षाको कारण टुकुचा खोला छेउमा भासिएपछि सडक अवरुद्ध हुँदा महेन्द्रशालिक तर्फको रोडमा सवारी चाप बढेपछि उक्त सडक खण्ड दुुई तर्फ सञ्चालन गर्न लागेको हो । 


डिभिजन सडक कार्यालय  र काठमाडौं महानगरपालिकाको समन्वयमा घण्टाघर–गणेशस्थान– कमलादीमोड सडक काठमाडौं प्लजा नजिकको सडक पूर्ण रुपमा सञ्चलान नआएसम्मको लागि दुुई तर्फी गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 


विज्ञप्तीः

asteriskhubs
Home Page Bottom Second


maharjan complex