२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य 


प्रकाशित: शनिवार, १ असार २०८१, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।


निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।


शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी निगमले उक्त मूल्य घटाएको हो । 


मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । 


त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ ।


त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex