१६ चैत्र २०८०, शुक्रबार
Header

घटेर आयो पेट्रोल, डिजेलको मूल्य


प्रकाशित: मंगलवार, २ जेठ २०८०, १४ः२० बजे
- महानगरखबर

काठमाडौँ । भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको आएको छ । 


मंगलवार भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

 
पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको छ ।


आईओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ । 


सो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्नेमा सञ्चिति नोक्सान देखाउँदै निगमले मूल्य समायोजन गरेको छैन ।


हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।


निगमले हालको मूल्य समायोजन हुने नहुने बारे कुनै प्रतिक्रिया दिएको छैन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD