९ कार्तिक २०८३, आइतबार
Binod Yojesh Ram

घटस्थापनामा गोदावरी नगरपालिका – १२ वडाको आयोजनामा हाट बजार महोत्सव


प्रकाशित: सोमवार, २९ असोज २०८०, १०ः३० बजे
- नवराज कुँवर

ललितपुर । गोदावरी नगरपालिका– १२ वडाको आयोजनामा घटस्थापनाको दिन आयोजित हाटबजार महोत्सव सम्पन्न भएको छ । 


सो अवसरमा नगरपालिका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारसहित वडा अध्यक्षहरुको टोलीले हाट बजार महोत्सव अवलोकन गरेका थिए । 


सो हाटबजार महोत्सवमा १०० वटा निःशुल्क स्टलहरु राखिएका थिए । ति स्टलहरुमा स्थानीय उत्पादन, घरेलु सामग्री लगायतका समानहरु विक्री तथा बजार प्रवर्द्धनका लागि राखिएका थिए ।

 
बजार अवलोकनको क्रममा नगर प्रमुख महर्जनले यस किसिमको महोत्सवले बजार आत्म निर्भर हुने बताए ।

 


उनले भने,‘ स्थानिय उत्पादन र स्थानीय किसान वा व्यावसायीलाई उत्प्रेरित गर्न र आत्म निर्भर हुने उदेश्यले महोत्सव सञ्चालन गरिएको हो ।’ 


महोत्सव आयोजक १२ वडाका अध्यक्ष जगत महर्जनले हाट बजारले स्थानीय व्यावसायीका साथै स्थानीयहरु प्नि उत्साहित भएको बताउँदै हाटबजार आगामी दिनमा पनि निरन्तर रुपमा हुने जानकारी दिए ।


सो महोत्सवमा सहभागी स्थानीय तेल मिलका व्यवसायी राजन महर्जनले यस हाटबजारले निरन्तरता पाउने खबरले सम्पूर्ण व्यवसायी खुसी भएको सुनाए ।


सो अवसरमा वडा ६ का अध्यक्ष बिष्णु मान महर्जन, वडा १२ का वडा सदस्य अशेश महर्जन, वडा १४ का अध्यक्ष निरोज बज्राचार्य, १३ वडा वडा सदस्य भस्कर थापालगायतले महोत्सव अवलोकन गरेका थिए । 


महोत्सवमा स्थानीय, उपभोक्ता, व्यवसायी, ग्राहक लगायत हजारौंको संख्यामा सहभागी भएका थिए । 


कार्यक्रमलाई मनोरञ्जनमय बनाउन स्थानिय मन्का ब्यन्डले सांस्कृतिक प्रस्तुती समेत दिएका थिए ।

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika