१५ चैत्र २०८०, बिहिबार
Header

ग्वार्काे, सातदोबाटो र नख्खुमा फलाई ओभर बन्ने


प्रकाशित: बुधवार, २१ फागुन २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले उपत्यकाभित्रका ग्वार्काे, सातदोबाटो र नख्खुमा फलाई ओभर बनाउने भएको छ । 


काठमाडौं चक्रपथ अन्तर्गत यी तीन स्थानमा फ्लाइ ओभर निर्माण गर्ने योजना भएको सडक विभागले जनाएको छ । 


सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार यही आर्थिक बर्षमा विस्तृत आयोजना प्रतिवेदन तयार पार्न परामर्शदाता कम्पनी हायर गरिनेछ ।


सोही अनुसार सडक विभागको टिमले ट्रम्स अफ रिफ्रेन्स (टिओआर) तयार पारिरहेको छ । आगामी बर्ष तीनवटै फ्लाइ ओभर निर्माण सक्ने लक्ष्य विभागले लिएको छ । 


सरकार आफैले फ्लाइ ओभर निर्माण गर्न लागेको हो । चार लेनको सीधा सडकमा हिड्न फ्लाइ ओभर निर्माण गर्ने शर्माले बताए ।


यस अघि विभागले जापान सहयोग नियोग (जाइका) को सहयोगमा त्रिपुरेश्वर–माइतीघर फ्लाइ ओभर निर्माण गर्ने योजना बनेपनि सो योजना अघि बढ्न सकेन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD