काठमाडौं । ग्लोबल फाइनान्स म्यागजिन एसिया प्यासिफिकले २०२५ का लागि नेपालको ग्लोबल आईएमई बैंकलाई उत्कृष्ट बैंकको रुपमा चयन गरेको छ ।
यो पुरस्कार एसिया प्यासिफिकका शीर्ष बैंकलाई प्रत्येक वर्ष प्रदान गरिन्छ । यस वर्षको ३२ औं संस्करणमा पनि ग्लोबल आईएमई बैंकले नेपालको तर्फबाट उत्कृष्ट बैंकको मान्यता प्राप्त गरेको हो ।
ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत, सुरेन्द्रराज रेग्मीले भने, ‘लगातार दुई वर्ष यो मान्यता प्राप्त गर्नुले हाम्रो बलियो प्रदर्शन, रणनीतिक ध्यान र ग्राहकप्रतिको समर्पणलाई प्रतिबिम्बित गर्दछ ।’
रेग्मीका अनुसार, बैंकको प्रगतिको प्रमुख कारण डिजिटल क्षमता विस्तार, खुद्रा तथा एसएमई सेवालाई सुदृढ गर्नु र समावेशितालाई बढावा दिनु हो ।
नेपालभर बैंकिङ सेवालाई प्रभावकारी बनाउन यो उपाधिले हौसलालाई थप बल दिएको रेग्मीले बताए ।
Categorized in बैंक