काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ ।
इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रालिका स्ट्राटेजी एन्ड इनोभेसन, निर्देशक उमेश रघुवंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाका लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने बैंकले जनाएको छ ।
‘बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो ।
यस सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ, निरन्तर ट्रर्याकिङ लगायतको सुविधा जडित प्रणाली हो । यो सफ्टवेयर बैंकले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ ।
यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम (सीबीएस) सँग सहज रूपमा इन्ट्रिगेट गरेर जान सकिने गरी डिजाइन गरिएको छ ।
कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत, सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत, चन्द्रराज शर्मा र इन्फोडेभलपर्सको तर्फबाट कर्पोरेट म्यानेजर, सुवास पौडेलको समेत उपस्थिति रहेको थियो ।
5 Ferbury 2025, Wednesday
Categorized in बैंक