१४ बैशाख २०८१, शुक्रबार
Header

ग्लोबल आईएमई बैंकले आइएफसीबाट २ अर्ब २० करोड ऋण लिने


प्रकाशित: शुक्रवार, १३ असार २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट करीब रु दुई अर्ब २० करोड ऋण लिने भएको छ । 


नेपाल राष्ट्र बैंकको स्वीकृतिमा बै्रकले उक्त रकम ऋण लिने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर गरेको छ ।  


बैँकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले शुक्रवार बैकमा आयोजित एक समारोहबीच सम्झौता आदानप्रदान गरेका थिए । 


सम्झौताअनुसार, बैंकले करीब दुई करोड अमेरिकी डलर ऋण लिई विभिन्न क्षेत्रमा ऋण लगानी गर्नेछ ।


उक्त ऋmणलाई बैंकले विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने योजना रहेको जानकरी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD