काठमाडौं । बैदेशिक रोजगारको सिलसिलमा ग्रीस पठाईदिन्छु भन्दै टर्की लगेर ४५ दिनसम्म शारीरिक र मानसिक यातना दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं टोखा महादेवटार हाईट बस्ने वाग्लुङ ढोरपाटन नगरपालिका–७ बोबाङ्गका ३७ वर्षीय वीरबहादुर अदैलाई काठमाडौं टोखा नगरपालिका –११ भण्डारी टोलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
अदैले ग्रीसमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी पीडितहरुबाट १२ लाख रकम लिई नेपालबाट टर्की पुरायाई काम नदिइ ४५ दिनसम्म शारीरिक तथा मानसिक यातना दिएर राखेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पीडितहरु पक्राउ परेका अदैतको कब्जाबाट भागेर नेपालमा आई पीडितहरूले दिएको उजुरी दिएपछि उनी पक्राउ परेको हो ।
थप कानुनी कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको छ ।
Categorized in समाज