३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ग्यास सिलिण्डर पड्किदा ४ जना मजदुरको मृत्यु


प्रकाशित: आईतबार, ११ चैत्र २०७५, २०ः०० बजे
- महानगरखवर

काठमाडौँ । ग्यास सिलिण्डर पड्किदा सिन्धुपाल्चोकमा ४ जना मजदुरको मृत्यु भएको छ । 


जिल्लाको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आईतबार चार मजदुरको मृत्यु प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु हो ।

 
मृतकको पहिचान खुल्न नसकेकोले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जनाएको छ । 


आयोजनाका निवर्तमान पदाधिकारी उमेश कसजुले भने सिलिण्डर पडकिँदा मानवीय क्षति भएको खबर प्राप्त तर कति जना भने थहा हुन नसकेको सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।  


विसं २०६९ मा निर्माण शुरु भएको २२ दशमलव दुई मेगावाट क्षमताको उक्त आयोजनाको काम ९९ प्रतिशत सम्पन्न भएको कसजुले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex