काठमाडौं । ग्यास सिलिण्डर विस्फोटन हुँदा गोंगबुमा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा नुवाकोट बेलकोटका काजी तामाङ रहेका छ । त्यसैगरी विस्फोटनमा परि घाईते हुनेहरुमा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल छन ।
घाईतेहरु सबैको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ । उनीहरुको अवस्था पनि गम्भीर रहेको चिकित्सकहले जनाएको छ ।
बुधवार विहान गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट भएको थियो ।
प्रहरीका अनुसार ग्यास चुल्होको विग्रिएको बर्नन मर्मत गर्ने क्रममा आगलागी विस्फोट भएको थियो ।
सो सीसा कारखानामा एलपीजी ग्यास र अक्सिजन सिलिन्डर प्रयोग हुने गरेको जनाएको छ ।
Categorized in समाज