२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

ग्यास विक्रेता र आयल निगमविच सहमति, आन्दोलन फिर्ता


प्रकाशित: बुधवार, २२ फागुन २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल आयल निगम र आन्दोलनरत ग्यास विक्रता तथा नेपाल एलपी ग्यास उद्योगविच सहमति भएको छ । 


खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सञ्चालन हुने भएको छ । 


मंगलवार भएको समझदारीअनुसार ग्यास उद्यमी÷व्यवसायीले हिजैकै मतिदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपी ग्यासका पिडिओ खरीद गरी एलपी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने भएको हो । 


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा निगम र सङ्घका पदाधिकारीबीच तीनबुँदे समझदारी भएको छ । 


सहमतिमा उद्योगी–व्यवसायीका मागका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने, आपूर्ति मन्त्रालयले एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने उल्लेख गरिएको छ । 


निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र सङ्घका अध्यक्ष गोकुल भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो सहमतिहरु उल्लेख गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex