१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ग्यास अभाव हल्ला मात्र, अभाव छैनः आयल निगम


प्रकाशित: सोमबार, २० फागुन २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । खाना पकाउने ग्यास बजारमा गरिएको हल्ला मात्र हो, माग अनुसार सजिलै ग्यास पाईरहेको नेपाल आयल निगमले बताएको छ । 


निगमले उपभोक्तालाई हल्लाको पछि नलाग्न आग्रह गरेको छ । ग्यास विक्रेताहरुले ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै ग्यास हड्तालको चेतावनी दिएपछि निगमको यो अभिव्यक्ति आएको हो ।


निगमका अनुसार इण्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास लोडिङ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेकोले बजारमा ग्यास अभाव नरहेको भनाई छ । 


निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार हालसम्म उद्योगीसँग आठ हजार मेट्रिक टन भारतबाट ग्यास ल्याउने कागजात (पिडिओ) रहेको छ । 


उक्त कागजातबाट ग्यास ल्याउने कार्य नियमित रहेको छ । सन २०१९ को फ्रेबुअरीमा मात्रै ३५ हजार ७५४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको छ । 


निगमले उपभोक्तालाई सहजरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रयास गरिरहेको भन्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत आग्रह गरेको छ ।


निगमले उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न आफूहरू प्रयासरत रहेको भन्दै अत्यावश्यक विषयको संवेदनशीलतालाई ख्याल गर्न उद्योगी–व्यवसायीको समेत ध्यानाकर्षण गराएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex