काठमाडौं । प्रहरीले गौशला–२६ (क्रिकेटर सन्दीप लामिछानेबाट पीडित) को पहिचान सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कारी ठहर भएका क्रिकेटर लामिछानेबाट पीडित भएकी युवती गौशाला–२६ भन्दै एक युवतीको फोटो सार्वजनिक गर्ने संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राई पक्राउ परेका हुन ।
उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट बुधवारनै पक्राउ गरी काठमाडौं ल्याएको छ । उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
एक युवतीले उनीविरूद्ध साइबर ब्युरोमा केही दिनअघि जाहेरी दिएकी थिइन ।
Categorized in समाज