१४ बैशाख २०८१, शुक्रबार
Header

गौरिकाले ६५ लाख नगद पुरस्कार पाउने, आयाशा र मण्डेकाजीलाई २२/२२ लाख


प्रकाशित: बुधवार, २५ बुधवार २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले १३ दक्षिणी एशियाली खलकुद (साग) का स्वर्ण विजतेताहरुलाई नगद पुरस्कारको घोषणा गरेको छ ।


प्रधानमन्त्री बुधवार बिजेता खेलाडीहरुलाई विधाई दिन बोलाएको एक कार्यक्रममा नगद पुरस्कारको घोषणा गरेको हो । 


सरकारले एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ भने एक स्वर्ण जित्नेलाई ९ लाख दिने भएको छ । 


चार स्वर्ण बिजेता गौरिका सिंहले घोषणा रकम अनुसार ६५ लाख पाउने छन भने दुई÷दुई स्वर्ण विजेता कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोका आयशा शाक्य र गल्फका सुवास तामाङले २२ लाख पाउने भएका छन । 


राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अनुसार टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिइने छ । 


सागमा रजत जित्नेले ६ लाख र कांस्य जित्नेलाई ३ लाख पाउने भएका छन भने स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकहरुले पनि जनही ५ लाख रुपैयाँ पाउनेछन ।


काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD