१४ बैशाख २०८१, शुक्रबार
Header

गौरिकाले पौडीमा ३ स्वर्ण जितेर ईतिहास रचिन


प्रकाशित: आईतबार, २२ मंसिर २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गौरिका सिंहले ३ वटा स्वर्ण जितेर ईतिहास रचेकी छिन । 


गौरीकाले आईतबार पौडी अन्तरगत आइतबार ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेर ३ स्वर्ण पुराएका छन । 


सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरा गरिन । आइतबार नै भएको ५० मिटर ब्याकस्ट्रोकमा भने उनी रजत पदकमा सिमित भइन ।


गौरीकाले यस अघि पौडीको पहिलो दिन २०० मिटर फ्री स्टायल र दोस्रो दिन २०० ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन भने १०० मिटर ब्याकस्ट्रोकमा रजत जितेकी छिन ।


उनको पदक तीन स्वर्ण, एक रजत र एक काश्य भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD