६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

गौथली वचतको साधारण सभा सम्पन्न


प्रकाशित: मंगलवार, २१ मंसिर २०७८, १६ः३० बजे
- केडिआर

काठमाडौं । गौथली बचत तथा ऋण सहकारी संस्था लि. ले हालै एक कार्यक्रम गरी बाह्रौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।


मैतिदेवी काठमाडौं सम्पन्न सो साधारण सभाले संस्थाका अध्यक्ष दिपेश कार्कीद्वारा प्रस्तुत प्रतिवेदन, आ.व. २०७७/०७८ को प्रगती प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, लेखा परिक्षक नियुक्ति सम्बन्ध साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्ध लगायत विषय उपर छलफल गरी आगामी आ.व. को लागी पारित गरेको छ ।


साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाव अनुसार चालु आ.व. मा संस्थाको शेयरपूँजी ९३ लाख ५६ हजार ४ सय रुपैयाँ, जगेडा कोष ९५ हजार ८ सय २७ रुपैयाँ, अन्य कोष ४४ लाख १३ हजार ५ सय ५९ रुपैयाँ ४६ पैसा, कर्जा सुरक्षण कोष ५ लाख ७७ हजार १ सय ४१ रुपैयाँ ५ पैसा वचत तथा निक्षेप ७ करोड १० लाख ६६ हजार २ सय २७ रुपैयाँ २० पैसा, चालु दायित्व तथा व्यवस्था १३ लाख ८२ हजार ८ सय ४ रुपैयाँ १९ पैसाको भएको छ भने, जम्मा कारोबार ७ करोड ८० लाख ६४ हजार ८ सय ३९ रुपैयाँ ९८ पैसाको भएको छ । सहकारीले जानकारी गराए अनुसार हाल सम्म अधिकतम १ सदस्यलाई १० लाख सम्म ऋण प्रवाह गरेको छ भने हायर पर्चेज, सामुहिक जमानी, व्यक्तिगत जमानी गरी ऋण प्रवाह गर्दै आएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex