२० बैशाख २०८१, बिहिबार
Header

गौतम बुद्धको जन्मजयन्तीको अवसरमा काठमाडौंमा सांस्कृतिक र्याली(फोटो फिचर)


प्रकाशित: शुक्रवार, २२ बैशाख २०८०, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । भगवान गौतम बुद्धको २५६७ औँ जन्म जयन्ती काठमाडौंमा विभिन्न कार्यक्रमहरु गरी मनाईएको छ । 


विश्व शान्तिका अग्रदूत बुद्धको जन्मजयन्तीको अवसरमा सांस्कृतिक ¥यालीसहित विभन्न चोक, विहार, डबलीमा पूजा आराधान, दीप प्रज्वलन तथा बुद्ध सन्देशहरुको बाचन गरी मनाइएको छ । 

 


प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन र्पुयाएको योगदानको स्मरणमा उनीप्रति आराधना, ध्यान गरी मनाइन्छ । 


भगवान विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उनी हालको रुपन्देहीको लुम्बिनीमा जन्मिएका थिए ।

 


बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन ।

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD