काठमाडौं । कैलाली प्रहरीले गोली हानी ९ लाख लुटेर फरार भएका २ जनालाई रकम सहित कैलालीको गेटाबाट पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुबाट एक थान मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुबारे प्रहरीले अनुसन्धानपछि मात्र जानकारी दिने बताएका छन् ।
लूटेरा समूहले धनगढी उपमहानगरपालिका १ मा आईएमईबाट रकम लिएर बैंकमा जम्मा हिड्ेका निर्मल कार्कीमाथि गोली प्रहार गरी घाईते बनाएका छन् । हाल उनको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
धनगढी उपनगरपालिका २ का अन्दाजी ३७ वर्षीय कार्कीले नजिकै रहेको प्रहरी मुक दर्शक भएर बसेका बताएका छन् ।
Categorized in समाज