१५ बैशाख २०८१, शनिबार
Header

गोली लागि घाईते भएका जापानी पूर्वप्रधानमन्त्रीको निधन


प्रकाशित: शुक्रवार, २४ असार २०७९, १५ः३० बजे
- महानगरखवर

काठमाडौं । चुनावी अभियानलाई सम्बोधन गर्ने क्रममा आक्रमणमा परेका जापानी पूर्व प्रधानमन्त्री सिन्जो अबेको निधन भएको छ । 


शुक्रवार विहान चुनावी अभियानमा उपस्थित एक व्यक्तीले सिन्जो माथि सटगन प्रहार गरेपछि उनलाई उपचारको लागि नारा मेडिकल युनिर्भसिटीमा हलिकप्टरमा लगिएको थियो ।


तर उनको उपचारको क्रममा दिउँसो मृत्यु भएको जापानी प्रसारण संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।


६७ वर्षीय आबेमाथि पश्चिम जापानको नारा सहरमा चुनावी अभियानका क्रममा ४१ वर्षीय शंकास्पद पुरूषले उनीमाथि गोली प्रहार गरेका थिए । 


आक्रमण लगत्तै आबे आफ्नो छातीमा समाउँदै ढलेका थिए । 

 


प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको छ । उनले किन आबेमाथि गोली प्रहार गरे कारण खुल्न सकेको छैन ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD