२८ बैशाख २०८१, शुक्रबार
Header

गोरेसहित खत्री र भुजुङलाई दिउँसो काठमाडौं ल्याईदै


प्रकाशित: सोमबार, २८ जेठ २०७५, १०ः४३ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित एसएसपी श्याम खत्री र भुजुङ गुरुलाई दिउँसो काठमाडौं ल्याईने भएको छ ।

 
जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएपछि सोमबार दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत  काठमाडौं ल्याइने भएको हो ।

 
उनीहरुलाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी गरिरहेको प्रहरी स्रोतको दावी छ ।

 
१० जेठमा पक्राउ परेका गोरेले सुन तस्करी गरेको स्वीकारेसँगै एसएसपी खत्रीको सेटिंगबारे बयान दिएका थिए । त्यसैगरी उनले सुनका मुख्य लगानी कर्ता मोहनकुमार अग्रवालको नाम लिएको थियो भन्ने अन्यको नाम लिएको छैन ।

 
अस्ति मात्र अग्रवालको घरमा प्रहरीले छापा पारी नगद, गहना तथा गाडी बरामद गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD