कठमाडौं । ३३ केजी सुन तस्करी प्रकरणका फरार रहेका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सुन तस्करीको सुराकी समेत गर्ने गरेको मोरङ जिल्ला अदालतलाई बयान दिने क्रममा अपराध अनुसन्धान महाशाखाका प्रहरी नायब निरिक्षक(सई) बालकृष्ण सञ्जेलले खुलासा गरेका छन् ।
सञ्जलले दिएको बयान अनुसार काठमाडौं प्रहरीले गोरेले दिएको सुचनाका आधारमा गौरीधारबाट पौने २ केजी सुन बरामद गरेका थिए । यतिमात्र नभएर गोरेले केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) लाई समेत तस्करीको सुनबारे सुराकी गर्ने गरेको स्रोतको दावी छ ।
तस्करी सुनको ¥याकेट चलाउने गोरेले किन प्रहरीलाई थोरै परिमाणको सुन तस्करीको सुराकी गर्ने गरेको थियो, त्यो भने अझै खुल्न भने बाँकी छ ।
यसैबिच प्रहरीले तस्करीका सुनका मुख्य लगानी कर्ता भुजुङ गुरुङका चालकलाई प्रहरीले समातेको छ ।
बुधबार पक्राउ परेका गुरुङका चालकलाई छानबिन समितिले बयान लिने काम भइरहेको छ स्रोतको भनाई छ ।
यस अघि प्रहरीले ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्यापछि पक्राउ परेका गुरुङलाई तस्करीको सुनमा लगानी गर्ने गरेको तथ्य भेटिएपछि समितिले पक्राउ गरी मुद्दा चलाएको छ ।
Categorized in राष्ट्रिय