३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

गोरखाबाट विप्लवका २ कार्यकर्ता पक्राउ


प्रकाशित: मंगलवार, १० बैशाख २०७६, ०९ः ०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका २ जना कार्यकर्तालाई गोरखाबाट पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन । 


प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ । 


पक्राउ परेका रिजाललाई राजद्रोहअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए । 


विद्यार्थी नेता पाण्डेलाई आइतबार जिल्लाको भीमसेन थापा गाउँपालिका–६ अश्राङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


उनलाई धादिङको एनसेल टावरमा क्षति पु¥याएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि पठाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex