काठमाडौं । गोर्खामा लुटिएको भनिएको १६ केजी सुनको पर्दाफास काठमाडौंमा भएको छ ।
गोर्खाका स्थानीय व्यापारी धनकमल गुरुङबाट सुन लुटिएको रहस्यको फर्दाफास भएको हो । बुधवार काठमाडौंमा प्रहरीको टोलीले गुरुङलाई पक्राउ परेपछि सुन लुटिएको नभई लुकाएको घट्ना सार्वजनिक भएको छ ।
गोरखाको धार्चे गाउँपलिकाका वडा अध्यक्षसँग व्यवसायी गुरुङको एकतर्फी फोन संवादले पैसा लुटिएको घट्ना सुन लुटिएको घट्नामा रुपान्तरित भएको हो ।
असार दोस्रो साता वडा अध्यक्षसँग लुटेराले पैसा लुटेको फोनमा गुरुङले सुनाएका थिए । उनले लुटेराले पैसा लुट्यो आफूलाई कार्वाही हुन्छ कि हुँदैन भनेर वडा अध्यक्षलाई भनेको थिए ।
व्यवासायी धनकमलको फोन सुनेर वडा अध्यक्ष आफै अत्तिए र उनले प्रहरीलाई खवर गर्न भनेका थिए तर उनले फोनको जवाफ नसुनी फोन स्वीच अफ गरेर लुकेर बस्न थाले ।
वडा अध्यक्षले जिल्ला प्रहरी कार्यालय, गोरखामा घटनाबारे खबर गरे । असार ११ गते राति खच्चड लिएर धार्चे गाउँपालिकाको केन्द्र माछाखोलातर्फ झर्दै गर्दा एक समूहले गुरुङमाथि लुटपाट गरेको थियो ।
व्यवसायी गुरुङले प्रहरीलाई दिएको वयान अनुसार सुन लुटिएको नभई लुटेरा समूहबाट जोगाउन ओढारमा लुकाएको रहस्य खुलेको छ । प्रहरीले बुधबार राति उनलाई लिएर धार्चेको जंगलमा पुग्यो, त्यहाँ ओढारभित्र उनले सुन लुकाएका फेला परयो ।
प्रहरीका अनुसार ओढारमा ढुंगामुनि भेटिएको झोलाभित्र सुनका १६ वटा बिस्कुट भेटिएपछि प्रहरी सुनको मालिकको खोजिमा लागेको छ ।
Categorized in राष्ट्रिय