काठमाडौं । ललितपुरको गोदावरीस्थित लेलेमा एक घरमा ग्रिनेट बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारे ।
गोदावरी नगरपलिका–५ लेलेस्थित सोमबार विहान स्थानीय शुकराम मिजारको दुई तले घरको पहिलो तलाको बरण्डामा ह्याण्ड ग्रिनेड बम भेटिएको हो ।
महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले दिउँसो साढे १ बजे बम निष्क्रिय पारेको हो ।
मिजारको घरमा भेटिएको बम कसले किन राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
Categorized in समाज