७ मङ्सिर २०८२, आइतबार
Header

गोदावरी वडा नं. ३ द्वारा पर्यटन प्रवद्र्धनका लागि बृहत पदयात्रा सम्पन्न


प्रकाशित: सोमवार, २४ कात्तिक २०८२, १३ः५०बजे
- महानगरखबर

ललितपुर । गोदावरी नगरपालिका वडा नं। ३ को आयोजनामा शनिबार बृहत गोदावरी पदयात्रा कार्यक्रम सम्पन्न गरिएको छ। “घुमौं गोदावरी, रमाऔं दिनभरि” भन्ने नारासहितको यो कार्यक्रम गोदावरी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।


वडा अध्यक्ष सानुराज (राज) घिमिरेका अनुसार पदयात्रा उपत्यकाका विभिन्न पालिकासँग समन्वय गर्दै सम्पन्न गरिएको हो । 


उहाँले भन्नुभयो, “गोदावरी पदयात्रा गोदावरी क्षेत्रको पर्यटन प्रवद्र्धन मात्र होइन, यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाको प्रचार–प्रसारका लागि पनि महत्वपूर्ण अवसर हो ।”


अध्यक्ष घिमिरेका अनुसार आफू वडा अध्यक्ष बनेको समयमा हरेक शनिबार २,९०० पर्यटक आउने गरेकोमा अहिले त्यो संख्या बढेर ११ हजार पर्यटक पुगेको छ । 


वडा कार्यालयले आगामी दिनमा हरेक शनिबार २१,ण्ण्ण् पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ।

 


पदयात्रामा तारकेश्वर नगरपालिकाको योग साधना केन्द्र, तारकेश्वर, ललितपुर र किर्तिपुर नगरपालिकाका जनप्रतिनिधिहरू, गोदावरी नगरपालिकाका कार्यपालिका सदस्यहरू तथा स्थानीय सरोकारवाला गरी करिब दुई सय जनाको सहभागिता रहेको थियो । 


कार्यक्रम गोदावरी बसपार्कबाट सुरु भई नौधारा, भाइरल रोड, मार्बल डाँडा, बोटानिकल गार्डेन हुँदै शान्तिवन क्षेत्रमा पुगेर सम्पन्न भएको हो ।


पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयले ३५ जना स्थानीय युवालाई ४ दिने “पर्यटन प्रवद्र्धन साथी” शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

 
साथै, पर्यटन विकासका दीर्घकालीन योजनासहित विभिन्न तालिम र कार्यक्रमहरू तय गरिएको वडा अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

 


यसैक्रममा, वडा कार्यालयले उपत्यकाभरबाट सहभागिता जुटाउँदै गोदावरी पर्यटन प्रवद्र्धन अनलाइन भिडियो प्रतियोगिता पनि सञ्चालन गरिरहेको छ, जसको उद्देश्य गोदावरी क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्रका रूपमा स्थापित गर्नु रहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex