काठमाडौँ । गोदावरी उपत्यकाव्यापापी मेयर कप फुटवल खेलमा काठमाडौं महानगरपालिका सेमी फाईनलमा प्रवेश गरेको छ ।
शनिवार भएको क्वाटर फाइनल खेलमा २–१ अन्तरले गोदावरी बी टीमलाई जितेपछि महानगरपालिकाको टीम सेमीफाइनल चरणमा पुगेको हो ।
महानगरपालिकाका गोदावरी टीमविरुद्ध दुवै गोल गरेका गोल राज पौडेल म्यान अफ दी म्याच घोषित भएका थिए ।
उनलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले मेडल तथा पुरस्कार प्रदान गरेका थिए ।
महानगरपालिकाका टीम म्यानेजर नविन चित्रकारले सेमीफाईनलमा काठमाडौँ महानगरपालिकासँगै मध्यपुर थिमी, चन्द्रागिरी, र महालक्ष्मी नगरपालिका प्रवेश गरेका छन ।
मंगलवार २४ गते महानगरपालिका टीमले र मध्यपुर थिमी नगरपालिकाको टीमविच सेमीफाइनल खेल खेल्नेछ ।
सेमीफाइनलको अर्को खेल महालक्ष्मी नगरपालिकाको टीम र चन्द्रागिरी नगरपालिकाको टीमका बिचमा हुनेछ ।
सेमी फाईनल खेलामा बिजेता टिमहरुविच खेल हुनेछ । वैशाख १५ गते नगरपालिकाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आथित्यमा खेलको उद्घाटन गरिएको थियो ।
खेल गोदावरी नगरपालिकाको वडा नं. १० टाहाखेल, झ्यालुन्टार खेल मैदानमा भइरहेको छ । यसअघि काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ नगरपालिकालाई ४–३ अन्तरमा जितेको थियो ।
प्रतियोगिताको बिजेता टीमलाई नगद ५ लाख रुपैयाँ, उपविजेता टीमलाई नगद ३ लाख रुपैयाँ, अनुशासित टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक नगरपालिकाले जनाएको छ ।
त्यसैगरी, उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ । वैशाख २९ गते समापन कार्यक्रम हुनेछ ।
तस्वीरः अनुप मगर
Categorized in मनोरन्जन