१२ श्रावण २०८१, शनिबार
Header

गोदावरी मेयरकपको विजेता बने काठमाडौं महानगरपालिका


प्रकाशित: आइतवार, ६ जेठ २०८१, १०ः१० बजे
- महानगरखवर

काठमाडौँ । गोदावारी उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ ।


शनिवार गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा आयोजित फाईनल खेलमा चन्द्रागिरी नगरपालिकाको टीमलाई २–१ अन्तरले काठमाडौं महानगरपालिका विजेता भएको हो ।


महानगरपालिकाले नगद ५ लाख रुपैयाँसँगै ट्रफी प्राप्त गरेको छ । यस्तै खेलाडीहरुलाई पदक र मेडल प्रदान गरिएको छ । 


महानगरपालिकाका प्रशिक्षक सन्तोष न्यौपानेले उत्कृष्ठ प्रशिक्षक, किपर सुदीप गिरीले उत्कृष्ट किपर र एरिक विष्टले उत्कृष्ठ खेलाडी उपाधि पाएका थिए ।


फाइनल खेलको म्यान अफ द म्याच महानगरका खेलाडी अखिलेश कार्की घोषित भएका छन । 


टीममा सुदीप गिरी (किपर), असीम गुरुङ्, सरोज तामाङ्, आदिल हामिद, अनिल खड्का, एरिक विष्ट, राज पौडेल, दिपेश श्रेष्ठ, अखिलेश कार्की र राजीव लोप्चन पहिलो १२ खेलाडीका रुपमा सहभागी थिए । 


प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिकासहित ९ वटा स्थानीय तहबाट ९ वटा टीमले भाग लिएका थिए । 


यस्तै ललितपुर जिल्लाका ४ वटा स्थानीय तहबाट ललितपुर महानगरपालिकासहित ५ वटा टीम र भक्तपुर जिल्लाबाट १ स्थानीय तहबाट १ वटा टीमको सहभागिता थियो ।
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex