५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

गोदावरी नगरपालिका घोषणाः मृतकका परिवारलाई २/२ लाख दिने *


प्रकाशित: आइतवार, १३ असोज २०८१, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । शुक्रवारदेखि परेको अविरल बर्षाको कारण मृत्यु भएका परिवारजनलाई गोदावारी नगरपालिकाले प्रतिपरिवार २/२ दिने घोषणा गरेको छ ।

  
नगरपालिकाले बर्षाको कारण पहिरो तथा डुबानमा परि मृत्यु भएकाहरु प्रति समवेदना  प्रकट गर्दै परिवारनलाई उक्त सहयोग रकम उपलब्ध गराउने भएको हो । 


दुुई दिनको अविरल वर्षाको कारण नगर क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति भएको नगरपालिको एक विज्ञप्ती जारी गरी जनाएको छ । 


विज्ञप्तीमा भनिएको छ,‘यस नगरपालिकाको सबै वडाहरुमा भिषण बर्षाको कारण बाढी एंव पहिरो गइरहको छ र विभिन्न उपाय अपनाउँदा पनि रोकथाम कठिनाई भइरहेको छ । यस्तो विपत्त घडीमा बाढी, पहिरो नियन्त्रणको लागि नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल सहित तालिम प्राप्त जनशक्ति र स्थानीयवासीको अथक प्रयासको उच्च सम्मान गर्दछौं ।’

विज्ञप्तीः

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex