ललितपुर । गोदावरी नगरपालिकाको १७औं नगरसभामा आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ७ करोड २२ लाख ९० हजार ४४९ रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।
नगर उपप्रमुख मुना अधिकारीले उक्त बजेट सभा समक्ष प्रस्तुत गरेकी हुन् ।
बजेटमा चालु खर्चमा ४६%, पूँजीगत खर्चमा ५२% र वित्तीय व्यवस्थापनमा २% विनियोजन गरिएको छ ।
“कृषि, पूर्वाधार, पर्यटकीय नगरीः स्वच्छ, समावेशी, समृद्ध गोदावरी” भन्ने नारालाई मार्गदर्शक मानेर बजेट निर्माण गरिएको अधिकारीले बताइन्।
प्राथमिकता क्षेत्रहरू
स्वास्थ्य र शिक्षाः ७ करोड २५ लाख
सामाजिक विकासः ११ करोड ८५ लाख
कृषि तथा पशुपालनः १ करोड ८० लाख
पूर्वाधार विकासः ४८ करोड ५० लाख
विपद् व्यवस्थापन र वातावरण संरक्षणः ९ करोड
सूचना प्रविधि र सुशासनः ३५ करोड
वडास्तरीय कार्यक्रमः २१ करोड
आय स्रोतको विवरण
नगरपालिकाले बजेट कार्यान्वयनका लागि विभिन्न स्रोतहरूबाट रकम संकलन गर्ने योजना बनाएको छः
आन्तरिक राजस्वः ४१ करोड ७४ लाख ९५ हजार
संघीय सरकार अनुदानः ७८ करोड ७२ लाख
प्रदेश सरकार अनुदानः १५ करोड २५ लाख
मालपोत रजिष्ट्रेशनः ३७ करोड
चालु आवको वचतः ३२ करोड
लागत सहभागिताः २ करोड ५० लाख
नगर प्रमुखको मन्तव्य
नगर प्रमुख एवं सभाध्यक्ष गजेन्द्र महर्जनले बजेटमाथि बोल्दै संविधान, संघीय सरकारको नीति तथा स्थानीयवासीको आकांक्षालाई सम्बोधन गर्न बजेट तर्जुमा गरिएको बताए ।
उनले गोदावरी नगरका विकासका लागि समर्पित वीर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै विगतमा बाढीपहिरोबाट प्रभावित नागरिकहरूप्रति पनि समवेदना व्यक्त गरे ।
Categorized in पालिका