काठमाडौं । गोदवारी नगरपालिकाको सहयोगमा निर्मित टिकाभैरव प्रहरी चौकीको एक कार्यक्रविच उद्घाटन गरिएको छ ।
शनिवार विहान प्रहरी चौकी उदघाटन कार्यक्रमका प्रमुख अथिती गोदावारी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले भवनको उद्घाटन गरेका हुन ।
गोदावरी टिकाभैरबका वडा अध्यक्ष बिष्णुमान महर्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको बिशेष अतिथिमा ललितपुर जिल्ला प्रहरी प्रमुख एसएसपी श्याम कृष्ण अधिकारी,एसपी चक्रमान जोशी, चापागाउँ प्रहरी बृत्त का प्रमुख यम कुमार श्रेष्ठ ,गोदावरी लेले का वडा अध्यक्ष मिलन सिलवाल , गोदावरी १० का अध्यक्ष शेखर न्यौपाने लगाएत सयौं स्थानीयको सहभागीतमा उद्घाटन गरिएको सो भवन ८४ लाखमा निर्माण सम्पन्न भएको हो ।

भवन निर्माणको लागि गोदावरी नगरपालिकाले वि.स. २०७८ सालदेखिनै बजेट विनियोजन गरी हाल सम्म ८४लाख खर्च गरि सम्पन्न गर्न सफल भएको नगर प्रमुख महर्जनले उल्लेख गरे ।
विगतमा चौकीको अवस्था दयनीय र नाजुक अवस्थामा रहेकोले नगरपालिकाले सो महसुश गरी निर्माण कार्यमा सहयोग गरेको महर्जनले बताए ।

भवन निर्माणको लागि ओ .ए. यम. संस्था बाट पनि पाँच लाख सहयोग प्राप्त भएको टिकाभैरब ६का अध्यक्ष बिष्णु मान महर्जनले बताएका छन । अध्यक्ष महर्जनले भवन निर्माणको लागि सम्पुर्ण सहयोगी हातहरु प्रति धन्यवाद व्यक्त गरे ।
नगर प्रमुख महर्जनले प्रहरी चौकी भवन निर्माण एक पुजनिय कार्य रहेको बताउदै गोदावरी नगरपालिकाले सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।



तस्वीरहरुः नवराज कुँवर/महानगरखबर
Categorized in समाज