१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

गोदावरी आनन्दवन डढेलोका अर्का घाइेतको पनि मृत्यु 


प्रकाशित: बुधवार, १९ बैशाख २०८१, ११ः५० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको गोदावरीस्थि आनन्दवनमा लागेको डढेलो निभाउन गएका अर्का घाइतेको पनि मृत्यु भएको छ । 


घाईते गोदावरी नगरपालिका–४ का ५० वर्षीय रमेश पहरीको  बुधवार मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 


पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको हो । 


यस अघि डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।


डढेलो निभाउने क्रममा उनीहरू दुवै जना घाइते भएका थिए ।


मंगलवार कीर्तिपुरस्थित वर्न हस्पटीलमा डढेलोमा घाईते भएका रमेश पहरी को स्वास्थ्य अवस्था बुझ्न नगर प्रमुख गजेन्द्र महर्जन पुगेका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex