काठमाडौं । गोदावरी नगरपालिकामा लागु औषधविरुद्धको महाअभियानको उद्धघाटन गरिएको छ ।
शुक्रवार प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ को प्रमुख आतिथ्यमा गोदावरी नगरपालिका र जिल्ला प्रहरी परिसर ललितपुर द्वारा महाअभियानको उद्धघाटन गरिएको हो ।
प्रमुख अथिती एआइजी तामाङले पानसमा बत्ति बालेर महाअभियानको शुुभारम्भ गरिएको थियो ।
सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र गोदावारी नगरपालिकाविच लागु औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी समझदारी पत्र (एमओयु) हस्ताक्षर समेत भएको थियो ।
प्रमुख अतिथी र विशिष्ट अथितीहरुबाट लागु औषधी रहित घर अभियान २०८२ को स्टीकर समेत अनवारण गरिएको छ ।
कार्यक्रमका अध्यक्ष तथा गोदावारी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले उपस्थित सबैलाई धन्यवादसँगै कार्यक्रमको महत्वबारे चर्चा गरे ।
कार्यक्रममा नगरपालिका प्रवक्ता तथा वडा ५ का अध्यक्ष मिलन सिलवालले स्वागत मन्तव्य दिएका थिए भने नगरपालिका उपप्रमुख मुना अधिकारी, सुधारगृहमका प्रतिनिधि उत्तम श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तस्वीरहरु: नवराज कुँवर/महानगरखबर
Categorized in समाज