काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ मोतीचौरमा मोटरसाइकलको ठक्करबाट ६० वर्षीय लुरु सिलवालको मृत्यु भएको छ ।
प्रहरीको अनुसार उनको उपचारको क्रममा गएराति आठ बजे बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश ०१ ००२ प ६६६३ नम्बरको मोटरसाइकलले सिलवाललाई ठक्कर दिएको र मोटरसाईकल चालकलाई बाडेगाउँ प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in स्थानिय