१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

गोदावरीको आनन्द वनमा डढेलो फैलियो, एक जनाको मृत्यु


प्रकाशित: मंगलवार, १८ बैशाख २०८१, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको गोदावरीस्थित आनन्द वनमा लागेको डढेलो फैलिएको छ । 


सोमवार रातीदेखि लागेको ढडेलो निभाउन गएका गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहरीको मृत्यु भएको छ । 


उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शेखर खनालले बताए ।


वनमा लागेको डढेलो फैलिएर नजिकैको कुष्ठरोग अस्पतालसम्म आउन सक्ने देखेपछि निमाउन गएका पहारी घाईते भएको थियो । 


उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । 


उनीसँगै गएका अर्का एक जना पनि घाइते भएका छन । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex