१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

गोदावरीका नगरप्रमुख गजेन्द्रसहित १४ जनाले पाए सफाई


प्रकाशित: बुधवार, ३० साउन २०८१, १९ः४० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहित १४ जनामाथि लागेको भ्रष्टाचार मुद्दाबाट सफाई पएका छन ।


विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरुलाई सफाई दिएको हो । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि ढुंगा बालुवा उत्खनन र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो ।  


आयोगले २१ जेठमा ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरुबाट राजस्व नउठाई एक अर्ब ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै प्रमखु गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टारमुद्दा दायर गरेको थियो ।


उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको र भ्याट नउठाएको विषयमा मुद्धा दायर गरिएको थियो । 


अख्तियारले ८ जना कर्मचारी, ७ जना खानी सञ्चालक र ७ वटा कम्पनीविरुद्ध पनि मुद्दा चलाएको थियो ।


अख्तियारले पाँच वर्षयता निरन्तर भ्रष्टाचार भएको भन्दै उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex