काठमाडौँ । महानगरीय प्रहरी बृत महाराजगञ्जले गोङ्गबुको कोहलपुर गेस्ट हाउसमा १०० थान राहदानी लुकाएर राखेको १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ ।
बृतले पक्राउ गरेका दाङ घोराही–८ का २९ वर्षीय राकेश थारूलाई मंगलावर सार्वजनिक गरिएको हो । उनलाई सोमबार राति पक्राउ गरेको बताएको छ ।
वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग १०० थान राहदानी संकलन गरेको
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए । पक्राउ थारूलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको वृत्तले जनाएको छ ।
Categorized in समाज