२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

गोकर्णेश्वरमा आमाछोरी कोठामा मृत भेटिए


प्रकाशित: विहिवार, १८ मंसिर २०७७, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 


महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीका अनुसार गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको हो । 


अचेत अवस्थामा भेटिएका ३२ वर्षीय दोर्जे शेर्पालाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको उनले बताए । शेर्पा मृतक पेम्बाका श्रीमान हुन । 


घटनाको प्रारम्भिक अवस्था हेर्दा राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex